Comments Add Comment

सविनलाई प्रश्न–‘अब फिल्ममा नायकको रुपमा नदेखिने हो ?’

नायक सविन श्रेष्ठ नयाँ चलचित्र निर्माणको तयारीमा लागेका छन् । उनले निर्माण गरेको चलचित्र ‘हिरो रिटन्र्स’ हलमा रिलिज हुनै पाएन । पोष्ट प्रोडक्शनमा चलचित्रको डबिङ सबै उडेपछि सुरु भएको समस्या रिलिजसम्म पनि रह्यो । रिलिजका लागि तयार भएपछि कोभिडका कारण हल नै बन्द भयो । यसपछि भने सविनले चलचित्रलाई डिस होममा रिलिज गरे ।

उनै, सविन अब लभ स्टोरी चलचित्र बनाउने तयारीमा छन् । यतिबेला चलचित्रको कथामा काम भैरहेको उनले बताए । यो चलचित्रमा २ नायक र १ नायिका हुनेछन् । सविनले आफू यसपटक नायकको रुपमा काम नगर्ने बताए । उनले भने–‘म यसपटक पर्दामा नदेखिने सोचमा छु । तर, भिलनेको भूमिका पनि दमदार भएकाले काम गरौं कि भन्ने पनि लागेको छ ।’

के तपाइलाई अब नायक हुने रहर हराउन थालेको हो र भन्ने अनलाइनखबरको प्रश्नमा सविनले भने–‘हराएको नै त नभनौं । किनकी, अन्य चलचित्रमा म नायकको रुपमा देखिन पनि सक्छु । तर, अब चलचित्रमा आफ्नो भूमिका फरक गरौं भन्ने सोच आएको हो ।’

सविनका अनुसार, यो चलचित्रका लागि नायिका सिक्किमबाट नेपाल आउनेछिन् । सविनले निर्देशक पनि नयाँ लिने सोच रहेको बताए । भने–‘कलेजमा अध्ययन गर्दै गरेका नयाँ पुस्तालाई निर्देशकको रुपमा अवसर दिने सोच छ ।’

केही बर्ष अगाडिसम्म सविनको चलचित्र क्षेत्रमा राम्रो क्रेज थियो । सो समयमा उनले अफर आएका अधिकांश चलचित्रमा काम गरे । तर, आफै चलचित्र निर्माणमा लागेपछि सविनले नयाँ चलचित्रमा काम गरेका छैनन् । उनले, ‘हिरो रिटन्र्स’ विना झन्झट हलमा रिलिज गर्न पाएको भए आफूले अहिलेसम्म २–३ वटा चलचित्र बनाइसक्ने पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment