Comments Add Comment

१४ नकआउट फुटबल प्रतियाेगिताकाे खेलतालिका सार्वजनिक

११ चैत काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा हुने विभिन्न नकआउट गोल्डकप फुटबल प्रतियोगिताको मिति सार्वजनिक गरेको छ । एन्फाको प्रतियोगिता विभागले बुधबार देशभर आयोजना हुने १४ गोल्डकप फुटबलको मिति सार्वजनिक गरेको हो ।

जसमा मोफसलकै चर्चित आहा रारा गोल्डकप लगायत छन् । आहा रारा यही चैत २२ देखि २८ गतेसम्म पोखरामा आयोजना हुँदैछ ।

एन्फाले आहा रारासहित १४ गोल्डकपको लागि मिति सार्वजनिक गरेको हो । तर मोफसलकै अर्को चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकप भने यसपटक नहुने यसअघि नै सार्वजनिक भइसकेको छ ।

एन्फाले सार्वजनिक गरेको मितिअनुसार ५ गोल्डकप चैत महिनामा सञ्चालन हुनेछन् भने चारवटा चैतमा सुरु भएर वैशाखमा सम्पन्न हुनेछन् ।
यसबाहेक २०७८ वैशाखमा २ प्रतियोगिता हुनेछ भने बाँकी तीन गोल्डकप जेठमा आयोजना गरिनेछ ।

खेलतालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment