Comments Add Comment

युनिग्लोव कलेजद्वारा आठौं अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित युनिग्लोव कलेजको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न भएको छ । कलेजले सेमिभर्चुअल माध्यमबाट फागुन ४ र ५ गते सम्मेलन सम्पन्न गरेको हो  ।

कार्यक्रममा अमेरिका, युके, फ्रान्स, स्लोभेनिया, मलेसिया, जापान, भारत लगायत २० वटा मुलुकको सहभागिता रहेको कलेजले जनाएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रिसिन्पल एवं म्यानिजिङ डाइरेक्टर डा. नरबहादुर विष्टले कोभिड-१९ पछिको अर्थतन्त्रलाई उकास्न र त्यसको अध्ययनलाई निरन्तरता दिन यस्ता कार्यक्रम निकै फलदायी रहेको बताएका थिए । हरेक वर्ष झैं यस वर्षपनि यस कार्यक्रमले निरन्तरता पाएको भन्दै यो वर्ष सेमिभर्चुअल मोडेलमा कार्यक्रम आयोजना गरिएको बताए । हालसम्म युनिग्लोव कलेजले मात्र ८ पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको उनले बताए ।

कार्यक्रममा उक्त कन्फेरेन्सका अध्यक्ष एवं कलेजका शैक्षिक निर्देशक प्रा.डा. राधेश्याम प्रधानले यस्तो कार्यक्रम विभिन्न देशबीचमा सम्बन्ध विकास गर्ने र खोजमुलक अनुसन्धानप्रति विद्यार्थीको रुची बढ्ने विश्वासका साथ कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताए ।

कार्यक्रममा विभिन्न २० राष्ट्रका प्राज्ञिक व्यत्तित्वहरुले आफ्नो विचार र अनुसन्धानहरु प्रस्तुत गरेका थिए । कलेजका कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले कार्यक्रममा १२०० भन्दा बढीको सहभागिता रहेको बताए । साथै युनिग्लोव कलेजको यस प्रयासले विद्यार्थीहरुमा आत्मविश्वास बढाउने र क्षमता अभिवृदी गर्ने उनले बताए ।

कलेजका प्राचार्य डा.नरबहादुर बिष्टले उक्त कार्यक्रममा बीबीए, बीबीए-बीई, एमबीए र एमबीए फाइनान्समा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पेपर प्रस्तुत गरेका थिए भने विदेशी विद्यार्थी, रिसर्च स्कलर लगायतले पनि रिसर्च पेपर प्रस्तुत गरेका थिए । यसपटकको कार्यक्रम कोभिड -१९ का कारणले सीमित विद्यार्थीहरुलाई भौतिक रुपमा कलेजमै बोलाएर र बाँकीलाई अनलाइनमार्फत सहभागिता गराएको कलेजले जानकारी दिएको छ ।

कार्यक्रम भव्यताका साथ सम्मन्न भएको र नेपालमै पहिलो पटक शैक्षिक संस्थाको आयोजनामा २० राष्ट्रको सहभागितामा ऐतिहासिक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment