+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कैलालीमा सामूहिक रुपमा होली खेल्न राेक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ११ गते १८:०५

११ चैत, डोटी । जिल्ला प्रशासन कार्यालय कैलालीले फागु पूर्णिमा (होली) सामूहिक रुपमा नमनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासनले बुधबार एक आदेश जारी गर्दै भारतका विभिन्न प्रान्तमा कोभिड–१९ को संक्रमण बढिरहेको र मृत्युदरमा समेत वृद्धि भएकाले नेपालमा पनि जोखिम बढेको भन्दै सामूहिक रुपमा होली खेल्नमा रोक लगाएको छ । खुला सिमानाका कारण सीमा नाकाबाट मानिसहरुको आवतजावत बढी भएकाले यस्तो आदेश गरिएको जनाइएको छ ।

‘हाल कोभिड–१९ को उच्च जोखिम रहेका कारण होली मनाउँदा उच्च सतर्कताका साथ संयमित भएर स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालन गरी मनाउनु पर्ने भएकाले सामूहिक रुपमा होली पर्व नमनाउने साथै धार्मिक तथा सामाजिक स्थलमा समेत भौतिक दुरी कायम गर्ने,’ प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालद्वारा हस्ताक्षरित आदेशमा उल्लेख छ ।

यस्तै बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न, आइसोलेसन, क्वारेन्टिन तयारी अवस्थामा राख्न, बैठक, गोष्ठी, सेमिनार भर्चुअल माध्यमबाट सञ्चालन गर्न पनि आदेशमा भनिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको र अनुमति प्राप्त भारतीय नागरिकहरुको अभिलेख राख्न, नाकामा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्न भनिएको छ ।

आदेशको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही हुने समेत आदेशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?