Comments Add Comment

चिनिया ठेकेदारबाट नेपाली मजदुर कुटिए

११ चैत, बुटवल । बुटवल–नारायणगढ सडक निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदारबाट नेपाली मजदुर कुटिएका छन् ।

नवलपरासीको रजहरस्थित चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको साइड अफिसमा कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । तलब नपाएको विषयमा छलफल गर्न बोलाएर एक्कासी कुटपिट गरेको नेपाली मजदुरको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का एसपी प्रकाश मल्लले चिनिया ठेकेदार पक्ष र मजदुरबीच हात हालाहाल हुँदा ६ जना घाइते भएका र उनीहरुलाई अस्पताल पुर्‍याइएको बताए । घाइतेको अवस्था सामान्य रहेको मल्लले बताए ।

माटो र डिजल चोरीको अभियोगमा आयोजनामा काम गर्ने १३ जना नेपालीको तबल रोक्का गरेर छानबिन थालेको आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले बताए । यसै विषयमा छलफलका क्रममा झडप भएको हो, नेपाली मजदुरले भने चोरी नगरेको दावी गरेको छ ।

चोरीको अभियोगमाथि प्रहरीले अनुसन्धान गरिरहेको एसपी मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment