+

बलियो नेपाल कप क्रिकेट हुने

२०७७ चैत  ११ गते २०:३४ २०७७ चैत ११ गते २०:३४
बलियो नेपाल कप क्रिकेट हुने

११ चैत, काठमाडौं । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिकाे आयाेजनामा बलियो नेपाल कप यू-१६ अन्तरजिल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयाेजकले बुधबार पत्रकार सम्मेलन गर्दै अप्रिल ३ देखि १० सम्म दाङकाे लमहीमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । बलियो नेपाल पोषण अभियानको सहयोगमा प्रतियाेगिता सञ्चालन हुनेछ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला टिमले प्रतिस्पर्धा गर्ने छन् । यस प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरुष खेलाडीलाई क्रिकेटसम्बन्धी विभिन्न कार्यक्रममा समावेश गर्ने आयाेजकले जनाएकाे छ ।

प्रतियोगिताका लागि १२ वटै जिल्लामा छनोट खेल हुनेछ । सम्भावना बोकेका प्रतिभाहरूको खोजी गर्नु र तिनीहरूलाई दक्ष खेलाडी बन्न अवसर दिने उद्देश्यले प्रतियोगिता गर्न लागेको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

क्रिकेट लुम्बिनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय