Comments Add Comment

शरीरको तापक्रम र श्वासप्रश्वासको गति आफैँले कसरी नाप्ने ?

मान्छेलाई बिरामी हुन लागेको संकेत उसका शारीरिक अंगहरूले दिने गर्छन् । मान्छेले आफैँ कमजोर महसुर गर्ने र विभिन्न किसिमका दुखाइबाट हामीले शरीरमा स्वास्थ्य समस्याबारे पहिचान गर्न सक्छौं ।

जब कुनै व्यक्ति बिरामी हुन्छ वा उसलाई स्वास्थ्य समस्या आइपर्छ तब उसका प्रमुख शारीरिक (भौतिक) चिह्नहरूमा परिवर्तन आउन थाल्छ । त्यही शारीरिक चिह्नहरूमा हुने परिवर्तनबाट हामीले उसको स्वास्थ्य समस्या पहिचान गर्न सक्छौं । गाउँघरमा जसरी निधार छामेर ज्वरो पत्ता लगाउने होस् या त नाडी बिचार गर्ने चलन पहिलेदेखि नै चल्दै आएको हो । सामान्यतया आफ्नो शरीरको तापक्रमलाई थर्माेमिटरबाट कसरी परीक्षण गर्ने र श्वासको गति कसरी नाप्ने भन्नेबारे सामान्य जानकारी तल दिइएको छ ।

तापक्रम कसरी नाप्ने ?

यदि कुनै व्यक्तिलाई ज्वरो छ कि छैन भनेर जाँच्न थर्माेमिटर छैन भने बिरामीका निधारमा उल्टो हातले छामेर आफ्नो शरीरको तापक्रम जाँच्न सकिन्छ । यदि बिरामीको शरीर अर्काे व्यक्तिको शरीरभन्दा बढी तातो भएको अनुभव हुन्छ भने उसलाई ज्वरो आएको हुन सक्छ भन्ने आधारभूत परीक्षण विधि हो । तर यसमा नै पूरा भर पर्ने भन्दापनि आफ्नो शरीरको अवस्था अनुसार परीक्षणको लागि अस्पताल जाने नजाने निधो गर्नुपर्छ ।

थर्माेमिटर छ भने शरीरको तापक्रम मुख, काखी वा गुद्द्वारमा राखेर नाप्न सकिन्छ । कुनैपनि व्यक्तिको काखीमा मुखमा भन्दा कम तापक्रम हुन्छ । मुखमाभन्दा गुद्वार बढी तातो हुन्छ । ज्वरो नाप्दा सेन्टिग्रेट वा फरेनहाइटमध्ये कुनै माप चिह्न भएको थर्माेमिटर प्रयोग गर्न सकिन्छ ।

ज्वरो कसरी नाप्ने ?

– थर्माेमिटरलाई साबुन पानी वा अल्कोहलले सफा गर्नुहोस् । रातो वा चाँदीको रंग नभएको टुप्पोमा थर्माेमिटरलाई समातेर तापक्रम ३६ डिग्रीभन्दा कम नभएसम्म झड्कार्नुपर्छ ।

–थर्माेमिटरलाई जिब्रो मुन्तिर राखी मुख बन्द गर्नुपर्छ । वा बिरामीले थर्मामिटर टोक्ने डर भएमा काखीमा राख्नु पर्छ ।

–तीन वा चार मिनेटसम्म त्यसै राख्नुपर्छ ।

–झिकेर नाप पढ्नुपर्छ ।

–थर्माेमिटरलाई साबुन र चिसो पानीले धुनुपर्छ र सम्भव भएमा २० मिनेटसम्म क्लोरिनको घोललाई डुबाई सफा पानीले धुनुपर्छ ।

श्वासको गति नाप्ने तरिका

सास फेर्ने गतिले फोक्सो र सास फेर्ने प्रणालीको अवस्थाबारे बताउँछ । यसले व्यक्तिको सामान्य स्वास्थ्यबारे पनि सूचना दिन्छ । सास फेर्ने गति लिन व्यक्तिले आराम गरिरहेको अवस्थामा उसको छाती तलमाथि गरेको हेर्नुहोस् ।

वयस्क व्यक्तिका निमित्त सामान्य सास फेर्ने गति एक मिनेटमा १२ देखि २० चोटिसम्म हुन्छ । सास फेर्ने गति भनेको एकपटक सास लिने र छोड्ने हो ।

संक्रमण, ज्वरो, रक्तस्राब वा जलवियोजन, क्षोभ, फोक्सोको समस्या वा अन्य आकस्मिकताको अवस्थामा नाडीसँगै सास फेर्ने दरमा पनि बृद्धि हुन्छ । असाध्यै बिरामी हुँदा नाडी र सासफेराइको दर अति नै कम भएमा बिरामीको मृत्यु समेत हुन सक्छ । चाँडो तथा छोटो सास फेराइ श्वासप्रणालीको संक्रमणको चिह्न हुन सक्छ । बिरामीले प्रतिमिनेट ३० चोटि वा त्यसभन्दा बढी सास त्यो निमोनियाको चिह्न हुन सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment