Comments Add Comment

हालै भारतबाट आएका २४ जनामा कोरोना संक्रमण पुष्टि

१२ चैत, काठमाडौं । हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको रुपैडियालगायत पश्चिम क्षेत्रका नाकाबाट प्रवेश गरेकाहरुमा संक्रमण देखिएको छ । उनले भने, ‘उहाँहरुलाई आइसोलेसनमा राख्न निर्देशन दिएका छौं ।’ छिमेकी मुलुक भारतमा पछिल्लो समय फेरि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको छ । त्यहाँ कोरोना भाइरसको ‘डबल म्युटेट भेरियण्ट’को भेटिएपछि उच्च सतर्कता अपनाइएको छ ।

नेपालमा पनि नयाँ भेरियन्ट संक्रमण फैलिएको जनस्वास्वास्थ्य विज्ञहरुले आशंका गरेका छन् । तर हालसम्म नेपालमा नयाँ भेरियन्टको कोरोना पुष्टी गर्न जिन सिक्विन्सिङ काम भएको छैन । जिन सिक्विन्सिङ गर्न प्राविधिक कुराहरु मिलाइरहेको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला (एनपीएचएल) की प्रमुख डा. रुना झाले बताइन् ।

उनका अनुसार त्रिभुवन विश्वविद्यालय माइक्रोलोजी विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र एनपीएचएलको सहकार्यका जिन सिक्विन्सिङको काम भइरहेको छ । ‘अबको केही दिनमा हामी जिन सिक्विन्सिङ  गर्न सक्षम हुन्छौं’ डा. झाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment