
१२ चैत, काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र कीर्गिस्तानको ओलम्पिक टिमबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा छ ।
बिहीबार दशरथ रंगशालामा भइरहेकाे खेलमा पहिलाे हाफ सकिँदा दुवै टाेलीले गाेल गर्न सकेका छैनन् ।
घरेलु दर्शककाे अगाडि घरेलु मैदानमा खेलिरहेकाे नेपालले पहिलाे हाफमा गाेलका केही अवसर पाए पनि गोल गर्न सकेन । खेलकाे १० औं मिनेटमा त्रिदेव गुरुङकाे कर्नरमा अनन्त तामाङले हेड गरेको बल पाेष्ट नजिकैबाट बाहिरियाे ।
१४ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेकाे बल कीर्गिस्तानकाे गाेलकिपर बिट भइसकेकाे अवस्थामा पाेष्टमा लागेर फर्कियाे ।
२९ औं मिनेटमा सन्जाेग राईकाे पासमा अभिषेक रिजालकाे प्रहार पनि पाेष्ट बाहिर गयाे । ३३ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाकाे लाइनबाट प्रहार गरेकाे बल पाेष्ट नजिकैबाट बाहिरियाे ।
कीर्गिस्तानको यु-२३ टिमले भने पहिलाे हाफमा कुनै गोलको अवसर सिर्जना गर्न सकेन ।
प्रतिक्रिया 4