+
+

झापामा भारतबाट फर्किएकी कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १९:०८

१२ चैत, विराटनगर । कोरोना संक्रमणका कारण झापामा एक महिलाको मृत्यु भएको छ । सात दिनअघि भारतबाट फर्किएकी ३९ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

‘उहाँ भारतबाट केही दिनअघि फर्कनु भएको रहेछ,’ जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईले भने, ‘कोरोना संक्रमण भएपछि बीएण्डसी अस्पतालमा उपचार हुँदै थियो, आज मृत्यु भयो ।’ मृतक महिलामा कुनै दीर्घरोगको समस्या नरहेको उनले बताए ।

स्वास्थ्य जाँच गर्दा महिलालाई बुधबार कोरोना पोजेटिभ देखिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?