+
+
Shares

जगदम्बा सिमेन्टद्वारा निर्माण विज्ञसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १९:३३

१२ चैत, काठमाडौं । निर्माण विज्ञहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने भन्दै जग्दम्बा सिमेन्टले निर्माण विज्ञहरुसँग छलफल गरेको छ ।

चरिकोटमा चैत ५ गते ४५ जनाभन्दा धरै निर्माणकर्मी, इन्जिनिएर, आयोजना प्रमुख लगायतको सहभागितामा जगदम्बाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले ‘तपाईंको सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीको प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माण सम्पन्न गर्नुपर्ने कुरामा जोड दिए ।

कम्पनीका उपमहाप्रबन्धक एवं इन्जिनियर सुनिल पौडेलले विज्ञसँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने बताए ।

कम्पनीका क्षेत्रीय बिक्री प्रवन्धक मधुर रिजालले भूकम्प प्रतिरोधात्मक निर्माण विधि हाम्रो जस्तो देशको संरचना निर्माणमा अपरिहार्य रहेको बताउँदै यस्ता जन चेतनामूलक कार्यक्रम नेपालका अन्य सहरहरुमा गर्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?