 
																			चलचित्र ‘बिहे पास’को छायांकन सुरु भएको छ । विराटनगरको एक मन्दिरमा पुजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्देशक प्रवेश पौडेलले जानकारी दिए । यो चलचित्रको छायांकन विराटनगरका विभिन्न स्थानमा हुनेछ ।
यो चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृती श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्र ‘उत्सव’मा काम गरेपछि प्रकृती अष्ट्रेलिया पुगेकी थिइन् । उनले, ६ बर्षपछि चलचित्रमा काम गर्न लागेकी हुन् । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह–निर्माता ग्याल्जेन लामा हुन् । चलचित्रमा आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको छ ।
नेपाली चलचित्रको रिलिज मिति बारम्बार पछि सरिरहेको समयमा निर्माताले चलचित्र भने निर्माण गरिरहेका छन् । ‘बिहे पास’को कथावस्तु रोचक रहेको निर्देशक पौडेल बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4