+
+

पदभार ग्रहण गरेको सय दिनमा २० करोडलाई कोरोना खोप लगाउने बाइडनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते १२:०६

१३ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा २० करोड मानिसलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने लक्ष्य राखेका छन् । राष्ट्रपति बनेपछि पहिलोपटक प्रेस कन्फ्रेन्समा देखिएका बाइडनले यस्तो बताएका हुन् ।

बाइडनले भने, ‘मलाई थाहा छ यो लक्ष्य महत्वाकांक्षी छ, हाम्रो वास्तविक लक्ष्यको दोब्बर हो । अहिले हामीले जे गरिरहेका छौं, अन्य मुलुकले त्यसको आसपाससम्म आइपुग्‍ने काम पनि गर्न सकेका छैनन् र मलाई हामीले यो लक्ष्य पनि पूरा गर्न सक्छौं भन्ने विश्वास छ ।’

अहिलेसम्म अमेरिकामा करिब १३ करोड मानिसहरुले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यद्यपि, बिहीबार भएको प्रेस कन्फ्रेन्समा कोरोनाको विषयमा भने कुनै पनि प्रश्न सोधिएको थिएन । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक हो ।

प्रेस कन्फ्रेन्सको क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि राम्रो सम्बन्ध रहेको बताएका थिए । यद्यपि जिनपिङ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनजस्तै निरंकुशतामा नै भविष्य देख्ने नेता भएको बाइडनको बुझाइ छ । उनले प्रजातन्त्रको जित हुन्छ भनेर देखाउनुपर्ने अवस्था रहेको बताए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?