Comments Add Comment

टेस्लामाथि चीनमा जासुसीको आरोप, सीईओ भन्छन् : प्रमाणित भए कम्पनी नै बन्द गर्छु

अमेरिकी विद्युतीय कार कम्पनीका टेस्लाका गाडीहरुले चीनमा जासुसी गरेको आरोपको कम्पनीका सीईओ एलन मस्कले खण्डन गरेका छन् ।

टेस्लाका गाडीहरुले चीनमा जासुसी गरेको प्रमाणित भएमा कम्पनी नै बन्द गरिदिने उनको भनाइ छ ।

चिनियाँ सेनाले चीनमा टेस्लाका कारमाथि प्रतिबन्ध लगाएको खबर सार्वजनिक भएसँगै मस्कको यस्तो प्रतिक्रिया आएको हो ।

टेस्लाका कारमा जडान गरिएका क्यामराले संकलन गर्ने विवरणहरु जासुसीका लागि प्रयोग गरिएको चर्चासँगै चिनियाँ सेनाले सुरक्षा चासो व्यक्त गरेका थिए ।

स्मरण रहोस् टेस्ला कारका लागि अमेरिका पछाडि चीन नै दोश्रो ठूलो बजार हो । सन् २०२० मा विश्वमा बिक्रि भएका टेस्ला कारमध्ये एक चौथाइ त चीनमै बिक्री भएका थिए ।

टेस्लाका कारमाथि लागेको जासुसीको आरोप खण्डन गर्दै मस्कले यदी कुनैपनि व्यवसायलाई विदेशी सरकारको जासुसीमा प्रयोग गरियो भने त्यसले उक्त कम्पनीमाथि अत्यधिक नकारात्मक असर पार्ने बताए ।

भिडियो कन्फ्रेन्सिंग मार्फत् चिनिया बिजनेस फोराममा बोल्दै मस्कले भनेका छन्, ‘कुनैपनि सूचनाका सन्दर्भमा उच्चतम गोपनीयता कायम गर्नु नै हाम्रो बलियो पक्ष हो । यदि टेस्लाले चीन वा अन्त कतै आफ्ना कारहरुलाई जासुसीका लागि प्रयोग गर्यो भने हामी स्वतः बन्द हुनेछौँ ।’

पछिल्लो समयमा अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको र अमेरिकाले चिनियाँ कम्पनीहरुमाथि कडा रवैया अपनाउने गरेकोमा टेस्लामाथि चीनमा लागेको आरोपलाई स्वभाविक रुपमा हेरिएको छ । अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको टेस्लाका सीईओ एलन मस्कले चाहिँ अमेरिका र चीनलाई आपसी विश्वास कायम गर्न आग्रह गरेका छन् ।

अघिल्लो हप्ता दुई देशबीच भएको उच्चस्तरीय वार्तामा दुबै पक्ष निकै क्रुद्ध रुपमा प्रस्तुत भएका थिए ।

चीनमा टेस्ला कम्पनीका कार उत्पादन गर्नका लागि सन् २०१८ मै सङ्घाइमा कारखाना खुलेको थियो । उक्त कारखाना नै चीनमा खुलेको पूर्ण विदेशी स्वामित्वको पहिलो गाडी निर्माता कारखाना हो ।

विश्वको सबैभन्दा ठूलो कार बजारको रुपमा रहेको चीनमा सरकारले पछिल्लो समय विद्युतीय गाडीको प्रयोगलाई बढावा दिइरहेको छ । चीनमा बढिरहेको विद्युतीय गाडीको मागकै कारण पनि टेस्लाले सन् २०२० मा ७२ करोड १० लाख डलर मुनाफा गरेको थियो ।

-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment