Comments Add Comment

नेपाली खेलाडी सम्मिलित पाकिस्तान वुमन्स फुटबल च्याम्पियनसिप रद्द

१५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका चार खेलाडीले खेलिरहेको पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा रद्द भएको छ ।

पाकिस्तान फुटबल फेडेरेसनले आफ्नो आधिकारिक फेसबुक पेजमा एक सूचना जारी गर्दै प्रतियोगिता रद्द भएको जनाएको हो । रद्द गर्नुको कारण भने खुलाइएको छैन् ।

च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला सुब्बा, डिफेन्डर गिता राना, मिडफिल्डर सरु लिम्बु र स्ट्राइकर अनिता केसीले मासा युनाइटेडबाट खेलिरहेका थिए ।

एन्जिलाले मासाको कप्तानीसमेत गरेकी थिइन् ।

समूह चरणमा अपराजित रहँदै क्वाटरफाइनल पुग्ने क्रममा मासाले ३ खेल जितेको थियो भने एक खेल बराबरी गरेको थियो । यस्तै चार खेलमा कूल ६० गोल गर्दा २ गोल व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment