Comments Add Comment

किर्गिस्तान र त्रिभुवन आर्मी फुटबल क्लबले आज खेल्दै

१५ चैत, काठमाडौं । एएफसी कप प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टिमसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालमा त्रिदेशीय कप खेल्न आएको किर्गिस्तानसँग आर्मीले मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिँसो ३:३० बजे खेल सुरु हुनेछ ।

त्रिदेशीय कपमा किर्गिस्तान फाइनल पुग्न असफल भएपछि आर्मीसँग खेल्न लागेको हो ।

आर्मीले एएफसी कप २०२१ अन्तर्गत प्ले अफको पहिलो खेल श्रीलंका पुलिससँग यही चैत २५ गते दशरथ रंगशालामा खेल्नेछ ।

एएफसी कपको समूह चरण पुग्न आर्मीले श्रीलंका पुलिससहित तीन खेल जित्नुपर्नेछ । आर्मीले पहिलो खेल जितेमा अप्रिल १४ मा भारतको बैंलोरसँग खेल्नेछ । त्यो खेल पनि जितेमा अप्रिल २१ मा हुने प्लेअफको फाइनलमा स्थान बनाउनेछ । उक्त खेल जितेमा एएफसी कपको समूह डी मा स्थान बनाउनेछ ।

यस समूहमा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment