Comments Add Comment

नेत्र एटमका ‘उपासना कविता’

कवि तथा समालोचक नेत्र एटमको कवितासङ्ग्रह ‘प्रिय मौनता’ सार्वजनिक भएको छ । तीन दशकदेखि नेपाली साहित्यमा क्रियाशील रहेका एटमको यो पहिलो कवितासङ्ग्रह हो ।

सङ्ग्रहको कविताहरूलाई कविले ‘उपसना कविता’ उपनाम दिएका छन् । प्रेमलाई केन्द्रमा राखेर लेखिएको यस सङ्ग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति,अभीप्साको उद्बोदन, उपसानाको आलोक खण्ड छन् । जसमा ६० वटा कविता सङ्ग्रहित रहेका छन् ।

कवि नवीन प्यासीले सञ्चालन गरेको लोकार्पण कार्यक्रममा कवि एलिशा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले एटमका कविता वाचन गरे ।

त्यस्तै दोस्रो सत्र अन्तर्गत प्रा.डा. कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले प्रिय मौनतामाथि आफ्नो विचार राखे ।

‘शिखा बुक्स’ले बजारमा ल्याएको कवितासङ्ग्रहको मूल्य ३५० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment