+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मह जोडीलाई महामूर्खको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १५ गते २०:२७

१५ चैत, जनकपुरधाम । मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) लाई महामुर्खको उपाधि प्रदान गरिएको छ ।

मिथिला नाट्य परिषद् (मिनाप) ले होली पर्वको अवसर पारेर प्रत्येक बर्ष प्रदान गर्ने यो उपाधि हास्य कलाकार मह जोडीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । जानकी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा उपाधि ग्रहण गर्दै मह जोडीले मधेश, पहाड र हिमाललाई जोड्ने काम गरेको बताए ।

मिनापले मुर्ख शिरोमणीको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरेको छ ।

चित्रकार एसपी सुमनलाई तरघुस्का, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीलाई पटमुर्ख, जनता समाजवादी पार्टीका नेता राजिव झालाई बंशकुरहरि, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई बैशाखानन्द, सञ्चार उद्यमी शंकर साहलाई मुसरीलाल उपाधि दिइएको छ ।

यस्तै, शिक्षक संघ प्रदेशका अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, वरिष्ठ पत्रकार शितल साहलाई ढोरबा, मोडेल कलेजका संचालक वीरेन्द्र साहलाई लोरहाशंकर, हरित अभियानी सुरेश शर्मालाई हराशंख, साहित्यकार एवं पत्रकार अशोक दत्तलाई बोलानन्द, महिला नेतृ बिन्दु ठाकुरलाई खापसुरती, प्रशिक्षक बिरेन्द्र कर्णलाई बज्रकटि, डा. सुजित झालाई सिलौटानन्द उपाधि प्रदान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?