Comments Add Comment

वायु प्रदूषण : विद्यालय बन्द गर्ने सरकारको तयारी

१६ चैत, काठमाडौं । वायु प्रदूषण कम नभएपछि सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ ।

वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भनेर केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए ।

चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोरोना खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘यसबारे छिट्टै निर्णय हुन्छ ।’

कहिँ गहुँको छ्वाली डढाएर त कहिँ आगलागी भएर हावामा प्रदूषण फैलिएकाले सास फेर्न गाह्रो हुने र आँखा पोल्ने समस्या देखिएको प्राधनमन्त्री ओलीले बताए । उनले अघि भने, ‘छ्वाली डढाउनु हुँदैन भनेर सरकारले सचेत गराउनुपर्छ । त्यसको प्रभाव अरु देशमा पर्छ भने झन् सचेत हुनुपर्छ ।’

नेपाल सरकार पनि वनमा हुने आगलागी नियन्त्रणका लागि सचेत रहेको प्रधानमन्त्री ओलीले बताए । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।

जल तथा मौसम विद्‍हरुका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ, र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment