+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भिमादमा विद्यालय बन्‍द नहुने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १७:३८

१६ चैत, काठमाडौं । तनहुँको भिमाद नगरपालिका क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेकोले विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशन दिएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै भनेको छ ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमन्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूलक असरका कारण विद्यालयहरु २० गतेसम्म बन्द हुने सूचना जारी भएता पनि यस नगर क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशानुसार सुचित गरिन्छ ।’

सरकारले वातावरण प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै भोलिदेखि ४ दिनसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । शुक्रबारदेखि काठमाडौं लगायत देशका विभिन्न स्थानमा प्रदुषण बढेपटि सोमबार शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?