Comments Add Comment

२४ घण्टाभित्र स्पष्टीकरण दिन भुसाल र पाण्डेलाई निर्देशन

१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्र पठाएका छन् ।

बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेका उनले भुसाल र पाण्डेलाई स्पष्टीकरण पठाउन निर्देशन दिएका हुन् ।

७ चैतमा ओली पक्षीय नेताहरु मात्र सहभागी केन्द्री कमिटी बैठकले नेपाल, रावल, भूसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो भने १० गते महासचिज ईश्वर पोखरेलले तीन दिनको अवधि दिएर स्पष्टीकरण सोधिएको थियो ।

नेपाल र रावलले १२ चैतमा ओलीलाई नै प्रश्न गर्दै पत्र पठाएका थिए । उक्त पत्रपछि ओलीले पार्टीको साधरण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका छन् ।

तर, भूसाल र पाण्डेले कुनै जवाफ नदिएपछि अर्को पत्र पठाइएको छ । ‘२४ घण्टाभित्र स्पष्टीकरण दिनु भनिएको रहेछ’, भुसालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment