+
+
Shares

दाङमा सार्वजनिक यातायात सेवा ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते ८:२२

१७ चैत, घोराही । दाङमा सार्वजनिक यातायात सेवा ठप्प भएको छ । सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प पारेका हुन् ।

उनीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन यातायात प्रालिहरुले पनि कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई पनि दिनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका छन् ।

बन्दका कारण दाङमा मंगलबार विहानैदेखि सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीका अध्यक्ष केशव भण्डारीले आफ्ना माग पूरा नभए सशक्त आन्दोलन गर्ने बताए । उनले सार्वजनिक बस, ट्याक्सी र अटोहरु चलाउन रोक लगाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?