Comments Add Comment

मलेसियाली कम्पनीको पञ्जा जफत गर्दै अमेरिका

१७ चैत, काठमाडौं । अमेरिकाको भन्सार तथा सीमा सुरक्षा (सीबीपी)ले मलेसियाको टप ग्लोब कम्पनीले निर्माण गरेको पञ्जा जफत गर्न निर्देशन दिएको छ । कम्पनीले पञ्जा उत्पादनको क्रममा श्रम शोषण गरेको भन्दै सीबीपीले पञ्जा जफतको लागि निर्देशन दिएको हो ।

सीबीपीले आफूसँग श्रम शोषण भएको हो भनेर पुष्टि गर्ने पर्याप्त प्रमाण रहेको दाबी गरेको छ । टप ग्लोब विश्वको सबैभन्दा ठूलो लेटेक्स पञ्जा उत्पादक कम्पनी हो । यो कम्पनीले विश्वका १९५ मुलुकमा पञ्जा निर्यात गर्दै आएको छ । कम्पनीले श्रम संस्कार सुधारका लागि उल्लेख्य कदम चाल्दै आएको बताउँदै आएको छ ।

सीबीपीले सस्तो मूल्यमा पञ्जा बिक्रीको लागि श्रम शोषणलाई सहन नसकिने बताएको छ । गत जुलाईमा अमेरिकाले टप ग्लोबका दुई कम्पनीका उत्पादनमा प्रतिबन्ध लगाएको थियो । अहिले भने टप ग्लोबले उत्पादन गरेका सबै किसिमको पञ्जामा प्रतिबन्ध लगाइएको हो ।

टप ग्लोबमा मजदुरहरुलाई समयभन्दा बढी काममा लगाएको र उनीहरुको काम गर्ने तथा बस्ने ठाउँको अवस्था पनि सही नभएको अमेरिकाको आरोप छ ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment