+
+
Shares

लहान मालपोतमा विस्फोट गराएको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १६:२२

१७ चैत, काठमाडौं । सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।

गत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।

घटनाको १७ दिनपछि प्रहरीले सिराहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षका रामरिझन यादव र सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षका अभिमन्यू गिरी पक्राउ परेका प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरु यसअघि पनि आपराधिक काममा संलग्न भएको पाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?