+
+
Shares

कलैयाका विद्यालय भाेलिदेखि सञ्‍चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १८:४४

१७ चैत, वीरगञ्ज । सरकारले शुक्रबारसम्म विद्यालय बन्दको आव्हान गरेपनि बाराको कलैया उपमहानगरपालिकाले विद्यालय बन्द नगर्ने भएको छ । अन्य स्थानमा जस्तो कलैयामा प्रदूषणको प्रतिकूल असर नपरेको दाबी गर्दै कलैया उपमहानगरपालिका विद्यालय बन्द नगर्ने बताएको छ ।

वायु मण्डलमा अस्वाभाविक वातावरणीय परिस्थिति देखिएको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न आव्हान गरेको थियो । होली पर्वको अवसरमा प्रदेश २ सरकारले मंगलबारसम्म सार्वजनिक बिदा दिएको छ ।

कलैया उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै उपमहानगरपालिका क्षेत्रमा विद्यालय बन्द नहुने जानकारी गराएको छ । सूचनामा उपमहानगरपालिकामा असहज अवस्था उत्पन्न नभएको र कोरोना महामारीमा लामो समय विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले नियमित सञ्चालन गराउन भनिएको छ ।

कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले प्रदूषण बढेको खण्डमा विद्यालय बन्द गरिने जानकारी दिए । ‘प्रदूषण बढेर अहिले नै विद्यालय बन्द गर्नुपर्ने अवस्था देखिएको छैन । त्यसैले शैक्षिक संस्थाहरु नियमित रुपमा सञ्चालन गर्छौ,’ उनल भने, ‘स्थिति प्रतिकूल भयो भने विद्यालय बन्द गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?