Comments Add Comment

हेटौंडाका निजी विद्यालय भोलिदेखि खुल्ने, उपमहानगरको असहमति

१७ चैत, हेटौंडा । प्रतिकूल मौसम भएको भन्दै सरकारले देशभरका विद्यालय चारदिन बन्द गर्न भनेपनि हेटौंडाका निजी विद्यालय बुधबारदेखि नै सञ्चालन हुने भएका छन् । केही दिनयता बढेको प्रदूषणका कारण रोगको संक्रमण देखिनसक्ने भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्न सरकारले आग्रह गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का उपमहानगर अध्यक्ष राजकुमार नहर्की र कार्यवाहक जिल्ला अध्यक्ष विनोद सुवेदीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै बुधबारबाट सबै विद्यालय सञ्चालन गर्न आव्हान गरेका छन् ।

‘हेटौंडा उपमहानगरपालिकाद्वारा सरोकारवालाहरुबीच गरिएको छलफल पश्चात उपमहानगरभित्र घाम लागेर अनुकूल वातावरण बन्दै गएकाले विद्यालय सञ्चालन गर्न उपयुक्त रहेकाले पठनपाठन नियमित गराउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।’

सरकारले सामुदायिक तथा निजी सबै विद्यालय चार दिनसम्म बन्द गर्न गरेको निर्देशन विरुद्ध जारी विज्ञप्तिप्रति उपमहानगरपालिकाले भने असहमति जनाएको छ । हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले निजी विद्यालयसँग विद्यालय सञ्चालनको विषयमा कुनै छलफल नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment