+
+

भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडालाई कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १४:०४

१८ चैत, काठमाडौँ। भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडालाई कोरोना संक्रमण पुष्टि भएको छ । समाजिक सञ्‍जालमार्फत उनले आफू र पत्नीलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘म र मेरी पत्नी चेन्नामा कोभिड १९ पोजिटीभ भएका छौँ। हामी दुवै बाँकी परिवारका सदस्‍यसँगै आइशोलेशनमा बसेका छौ।’

उनले आफूसँग विगत  केही दिनयता भेटेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । साथै आफ्नो पार्टी र कार्यकर्ताहरुलाई नआत्तिन समेत उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?