Comments Add Comment

पर्वोत्सव अफरबाट प्रयोगकर्ता उत्साहित : राकुटेन भाइबर

काठमाडौं । राकुटेन भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई होली पर्व मनाउन
एक खास स्टिकर प्याक दिएको थियो । होली पर्व २०७७ मनाउने नेपाली प्रयोगकर्ताहरुका लागि राकुटेन भाइबर टिमले फुडमाण्डुसँग मिलेर उत्साहजनक प्रोत्साहन अफरका साथै पर्व विशेष स्टिकर प्याक उपलब्ध गराएको थियो ।

कोभिड-१९ महामारीका कारण अझै पनि भौतिक दुरी कायम नै राख्नु परे पनि हर तरिकाबाट यो होली पर्वको रङ्गमा मिसिन चाहाने अवस्थामा भाइबरले नेपाली प्रयोगकर्ताहरुको मुहारमा मुस्कान ल्याउन र आनन्द प्रदान गर्न एक रमाइलो पर्वोत्सव स्टिकर प्याक प्रस्तुत गरेको राकुटेन भाइबर एप्याकले जनाएको छ । राकुटेन भाइबरका अनुसार प्रयोगकर्ताहरुलाई खुसीको अनुभूति दिलाउन फुडमाण्डुसँगको सहकार्यमा उत्साहजनक अफरहरु पनि प्रदान गरेको थियो ।

राकुटेन भाइबरका अनुसार यो नयाँ स्टिकर प्याकले होली–थिममा रङ्गिन स्टिकरहरुलाई समेटेको थियो जसले प्रयोगकर्ताहरुलाई आफ्ना परिवारजनहरु एवं साथीभाइहरुलाई उक्त  पर्वको अवसरमा शुभेच्छा व्यक्त गर्न सहयोग पुर्‍याएको थियो । भाइबरका यी स्टिकरहरुले पर्वको समयमा च्याटलाई प्रशस्त रङ्गहरुले भरेर उत्साहित बनाएको, वार्तालापहरुलाई छिटो छरितो बनाएको दावी राकुटेन भाइबरको छ ।

भाइबरले आफ्नो कम्युनिटी सदस्यहरुका लागि होलीको डब्बल रमाइलो प्रदान गर्न नेपालमा खानाहरु उपलब्ध गराउने फुडमाण्डुबाट खाना खरिद गर्दा त्यसको लागि विशेष उत्साहजनक प्रोत्साहन अफर समेत प्रदान गरेको थियो । राकुटेन भाइबरले भनेको छ, ‘होली, माया प्रेम र वसन्तको उत्सवको रुपमा पनि परिचित छ, र यो पर्व रङ्गहरुको साथमा मनाइने आपसी मेलमिलाप एवं स्वादिष्ट व्यञ्जनको एक विशेष उल्हासमय पर्व हो । यस्तोमा यो भन्दा राम्रो अवसर के हुन सक्छ र ? त्यस्तोमा भाइबरले फुडमाण्डुसँगको सहकार्यमा आफन्तजन र साथीभाइको लागि उनीहरुको प्रिय खाना अनलाइन अर्डर तथा उपलब्ध गराइदिएर उनीहरुलाई अझ रोमाञ्चित बनाइदिएको छ ।’

‘स्वादिष्ट खाना खाँदै कुराकानी गर्नु जत्तिको आनन्द अरु केहीले दिनै सक्दैन, त्यसमा पनि छुट्टिको बखतमा त झन् त्यसको रौनक नै अलग हुन्छ र एउटा कम्पनी जसले खानाको माधयमबाट मानिसहरुको घर आँगनमै खुसी उपलब्ध गराइरहेको छ, त्यो कम्पनीको सहकार्य भाइबरसँग यस्तो पर्वको अवसरमा हुनुले विशेष अर्थ राख्दछ,’  सहायक ब्राण्ड मार्केटिङ्ग मेनेजर दिक्षा महतले भनिन् ।

भाइबरले ख्यातिप्राप्त फुड डेलिभरी कम्पनीसँग गरेको सहकार्यले भाइबरका कम्युनिटी सदस्यहरुलाई होलीको बेला ५०० भन्दा बढी रेष्टुरेन्टहरुबाट आफ्नो प्रिय खाना मगाउने सुविधा प्राप्त भएको जनाएको छ ।

‘महामारीको संकट अझै पनि जारी रहेको अवस्थामा सानो कुरामा पनि खुसी पाउनुले ठूलो महत्व राख्दछ,’ राकुटेन भाइबर एप्याकका सिनियर डाइरेक्टर डेभिड त्सेले भने, ‘विशेष गरेर पर्वको समयमा एक व्यक्तिको अनुभवलाई केहीले पनि प्रतिस्थापन गर्न सकदैन, त्यस्तो समयमा हामी कम्युनिटीलाई जोड्ने प्रयास गर्छौँ, चाहे उनीहरु जहाँकहीं हुन् । यस्तो किसिमका उत्साहजनक प्रोत्साहनहरुले हाम्रा नेपाली प्रयोगकर्ताहरुलाई आपसी सम्बन्ध कायम गर्न तथा भर्चुअल नै भएपनि केही रमाइलो गर्ने मौका दिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment