+
+

डोटीका विद्यालय कतै खुला, कतै बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १८:५२
फाइल तस्वीर

१८ चैत्र, डोटी । मंगलवारदेखि चार दिनका लागि विद्यालय बन्द गर्ने संघीय सरकारको निर्णय डोटीमा पूर्ण रुपमा कार्यान्वयन भएन । काठमाडौँ उपत्यका र देशका अन्य केही भागमा प्रदूषण फैलिएको कारण देखाउँदै संघीय सरकारको शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय लगत्तै डोटीका शिखर नगरपालिकाले प्रशासनले विज्ञप्ति निकालेर विद्यालय नियमित सञ्चालन गर्न निर्देश गर्‍यो। भोलिपल्ट अर्थात मंगलवार दिपायल सिलगढी नगरपालिका र सायल गाउँपालिकाले पनि विज्ञप्ती जारी गर्दै विद्यालय यथावत् रुपमा सञ्चालन हुने जानकारी गरायो।

कोरोनाको कारण लामो समयदेखि बन्द भएका विद्यालयहरु फेरि बन्द गर्नु पर्दा विद्यार्थीको पठनपाठनमा बाधा हुने भन्दै ती स्थानीय तहहरुले विद्यालयको पठनपाठन नियमित सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्‍तिमार्फत सार्वजनिक गरेका छन् ।

के आई सिंह गाउँपालिकाले औपचारिक रुपमा विद्यालय खोल्न सूचना गरेको छैन तर बिद्यालय खुलेका गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ। ‘हामीले औपचारिक पत्राचार गरेका छैनौं, तर फोन गरेर सोध्नेहरुलाई हामीले विद्यालय नियमित सञ्चालन गर्न भनेका छौं। ’ गाउँपालिकाका श्रोत शिक्षक शेरबहादुर बोगटीले भने ‘अधिकांश विद्यालयहरु खुलेका छन्।’ उनले गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद् प्रतियोगिता सञ्चालन भइरहेका कारण पनि केही बिद्यालय बन्द रहेको बताए ।

पूर्वीचौकी, जोरायल, आदर्श, बोगटान फुड्सिल र बढीकेदार गाउँपालिकाका विद्यालयहरु भने पूर्ण रुपमा बन्द छन् । सरकारको आदेश मान्नै पर्‍यो भनेर बन्द गर्ने निर्णय यथावत् राखिएको जोरायल गाउँपालिकाका शिक्षा शाखा प्रमुख तेजबहादुर खत्रीले बताए। पूर्वीचौकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिनोद भट्टले पनि संघीय सरकारको निर्णय मानिरहनु नपर्ने प्रतिक्रिया दिए ।

बडीकेदार गाउँपालिका पाँचवटै वडाहरुमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद् प्रतियोगिता सञ्चालन भइरहेका कारण विद्यालयहरु बन्द रहेको गाउँपालिकाका प्रेस सल्लाहकार गणेश मौनीले बताए । उनले सरकारको निर्णय आउनु पूर्वनै राष्ट्रपति रनिङ्ग शिल्डको कार्यक्रम तय भइसकेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?