+
+
Shares

राष्ट्रिय नीतिमा सुनचाँदी क्षेत्रको विकास र विस्तारको एजेन्डा समावेश गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १९:१७

१८ चैत, काठमाडौं । सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेन्डाहरुलाई राष्ट्रिय नीतिमा समावेश गरिने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले यस्तो धारणा राखेका हुन् ।

सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत व्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं खानी उत्खनन जस्ता महत्वपूर्ण विषयहरुलाई मुलुकको आवधिक योजनामा नै पारिने उपाध्यक्ष डा. कँडेलले बताए । यस क्षेत्रको वृहत्तर विकास र विस्तार गर्दै यसैको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुग्ने गरी नीतिगत व्यवस्था गर्न आफू तयार रहेको उनको भनाइ थियो । उपाध्यक्ष कँडेले सुन चाँदी क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थामा समेट्नुपर्ने एजेन्डाहरुलाई लिपिवद्ध गर्न पनि व्यवसायीहरुलाई आग्रह गरे । विश्व बजारमा सुनचाँदीको क्षेत्रमा उल्लेख्य रुपमा विकास र विस्तार भैसकेको चर्चागर्दै उनले नेपालमा पनि छिमेकी मुलुकहरुमा अवलम्वन गरिएका व्यवस्थाहरुको अध्ययनगरी आवश्यकता अनुसार समेट्दै जान सकिने बताएका थिए ।

छलफलमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले प्रष्ट नीतिको अभावमा सुनचाँली ब्यवसायमा धेरै समस्या आएको धारणा राखेका थिए । सुनचाँदी ब्यवसाय सम्बन्धी प्रष्ट नीतिगत व्यवस्था गर्दै कच्चा पदार्थको पर्याप्त आपूर्ति एवं कालिगढको सुनिश्चितता जस्ता कुराहरुमा ध्यान दिन सकीए यस क्षेत्रवाट राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने अध्यक्ष शाक्यको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?