+
+

अपाङ्गमैत्री कानून बनाउने कर्णालीका सांसदहरुको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १९:५३

१८ चैत, सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुले अपाङ्गमैत्री कानून निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले प्रदेशले बनाउने कानूनहरु अपाङ्गमैत्री बनाउन प्रतिबद्धता जनाइन् । ‘प्रदेश सभाले बनाउने नीति र कानूनमा अपाङ्गताका मुद्धाहरु समावेश हुन्छन’ उनले भनिन्, ‘प्रदेश सरकारले अब ल्याउने बजेटमा अपाङ्गता भएका व्यक्तिहरुको सेवा सुविधाहरुलाई समेट्छ ।’

त्यस्तै सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले पनि प्रदेश सभाले निर्माण गर्ने हरेक कानूनहरुमा अपाङ्गका मुद्धाहरु समावेश गर्ने प्रतिबद्धता जनाइन् । उनले सरकारलाई आवश्यक निर्देश दिने बताइन् ।

यस्तै अर्की सांसद झोवा विकले दुर्गमका अपाङ्गता भएका व्यक्तिहरु परिचय पत्रबाट समेत बञ्चित भएको भन्दै अब बन्‍ने कानूनले सबै क्षेत्रका अपाङ्गता भएका व्यक्तिकाे आवाजहरुलाई समेट्नुपर्ने बताइन् ।

राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको समन्वयमा भएको कार्यक्रममा महासंघका कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले प्रदेश सरकारले राजनीतिक पूर्वाग्राहका आधारमा अपाङ्गताका क्षेत्रमा बजेट बिनियोजना गर्ने गरेको दुखेसो गरे । उनले भने, ‘ राजनीतिक तवरबाट अपङ्गता भएका क्षेत्रमा बजेट विनियोजन गरिन्छ। तर अब यस्तो काम नहोस् भन्ने अपेक्षा राखेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?