+

प्रिन्सले हरेक प्रतियोगिता जित्दा गौतम बुद्ध रंगशालालाई ५ हजार सहयोग गर्ने

२०७७ चैत  १९ गते १३:०८ २०७७ चैत १९ गते १३:०८
प्रिन्सले हरेक प्रतियोगिता जित्दा गौतम बुद्ध रंगशालालाई ५ हजार सहयोग गर्ने

१८ चैत काठमाडौं । नेपाली युवा ब्याटमिन्टन स्टार प्रिन्स दाहालले आफूले आगामी वर्ष जित्ने हरेक प्रतियोगितावापत ५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने बताएका छन् ।

फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने लक्ष्यसहित प्रिन्सले यस्तो घोषणा गरेका हुन् ।

उनले बुधबार आफ्नो सामाजिक सञ्जालमा २०७८ सालमा आफूले जित्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितको ५ हजार रुपैयाँ फाउन्डेसनलाई दिने निर्णय गरेको लेखेका छन् । यस्तै उनले यस्तै सहयोग गर्न अरुलाई पनि अनुरोध गरेका छन् ।

घरेलु ब्याडमिन्टनमा पछिल्लो समय सिनियर खेलाडीहरुलाई हराउँदै विभिन्न उपाधि जित्दै आएका प्रिन्स विश्व ब्याडमिन्टनको जुनियरतर्फ तेस्रो वरियतामा छन् । उनले यस वर्ष तीनवटा प्रतियोगिताको उपाधि जितेका थिए । जसक्रममा उनले रत्नजीत तामाङ, दीपेश धामीजस्ता खेलाडीलाई पराजित गरे ।

प्रिन्स दाहाल ब्याटमिन्टन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय