+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ललितपुर महानगरले ल्‍यायो शिक्षकको स्वेच्छिक अवकाश योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १९ गते १८:४९

१९ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले शिक्षकका लागि स्वेच्छिक अवकाश योजना ल्याएको छ । महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकका लागि स्वेच्छिक अवकाश योजना ल्याएको हो ।

महानगरले सूचना जारी गर्दै ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकले अवकाश लिन चाहे सेवा अवधिका आधारमा सुविधा दिने घोषणा गरेको छ । दरबन्दी मिलानलाई सहज बनाउन यस्तो प्याकेज प्रस्ताव अगाडि सारिएको महानगरको भनाइ छ ।

महानगरपालिकाले २०७८ साल साउनपछि एक वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकका लागि एक लाख, दुई वर्ष सेवा अवधि बाँकी रहेकालाई एक लाख ५० हजार, तीन वर्ष सेवा अवधि बाँकी रहेकालाई दुई लाख, चार वर्ष सेवा अवधि बाँकी रहेकालाई दुई लाख ५० हजार र पाँचदेखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

स्वेच्छिक अवकाश लिन चाहने शिक्षकले ३० दिनभित्र कागजातसहित महानगरपालिकाको शिक्षा महाशाखामा निवेदन दिनुपर्नेछ ।

हेर्नुहोस् महानगरको स्वेच्छिक अवकाश योजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?