+

जुडो टोली शुक्रबार किर्गिस्तान जाँदै

२०७७ चैत  १९ गते १९:३२ २०७७ चैत १९ गते १९:३२
जुडो टोली शुक्रबार किर्गिस्तान जाँदै

१९ चैत, काठमाडौं । एसियाली–ओसनिया जुडो च्याम्पियनसिपमा सहभागी हुन चार खेलाडीसहित सात सदस्यीय नेपाली जुडो टोली शुक्रबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्दैछ ।

अप्रिल ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा एक पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिला ४८ केजीमुनि सोनिया भट्ट, ५७ केजीमुनि देविका खड्का र ७० केजीमुनि पूनम श्रेष्ठले भाग लिनेछन् । चारै खेलाडी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता हुन् । देविका र पूनमले १३ औं सागका स्वर्ण विजेता हुन् । इन्द्रले रजत तथा सोनियाले कास्य जितेका थिए ।

ओलम्पिक ¥याङकिङको रुपमा समेत रहेको प्रतियोगितामा ३१ राष्ट्रका १२३ पुरुष र ९५ जना महिला खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघले जनाएको छ ।

टोलीको प्रशिक्षकमा ओलम्पियन ऋषिराम प्रधान रहेका छन् । जुडो संघका महासचिवसमेत रहेका धर्मकुमार श्रेष्ठले प्रतियोगितामा निर्णायक भूमिका निर्वाह गर्नेछन् । खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकार पनि टोलीसँगै किर्गिस्तान जाँदैछन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमकाबीच बिदाइ गरे ।

अप्रिल ३ मा हुने जुडो युनियन अफ एसिया (जेयूए)को कार्यकारी समितिको बैठक र जेयूए जोन बैठक तथा अप्रिल ४ मा हुने जेयूए कंग्रेसमा भाग लिन जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य बिस्केक पुगिसकेका छन् । महासचिव श्रेष्ठ पनि जेयूए जोन बैठकमा सहभागी हुने बताइएको छ ।

जुडो प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय