Comments Add Comment

आर्यनले लेखे–‘नयाँ प्रोजेक्ट ‘मिरर’

लागूपदार्थ दुव्र्यसनीको कथामा बन्न लागेको चलचित्र ‘मिरर’को छायांकन वैशाखको दोश्रो साताबाट सुरु हुने भएको छ । कोरियोग्राफरको रुपमा चर्चा बटुलेका कविराज गहतराज यसका निर्देशक हुन् । यो चलचित्रमा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहने खबर अनलाइनखबरले सार्वजनिक गरेको थियो । तर, यसको निर्माणपक्षले भने यो बिषयमा केही पनि बताएको थिएन ।

तर, नायक आर्यन सिग्देलले चलचित्रको टिमसँगको तस्वीर राख्दै, ‘नयाँ प्रोजेक्ट मिरर’ भनेर लेखेका छन् । योसँगै चलचित्रको निर्माणपक्षले पनि औपचारिक रुपमा चलचित्रको घोषणा गरेको छ । चलचित्रमा आर्यन र नायिका उपासना सिंह ठकुरीले काम गर्दैछन् । साथमा, चलचित्रमा प्रशान्त ताम्राकार, सलोन बस्नेत, रेयर राई लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

सुदिप बरालको छायांकन रहने चलचित्रको प्रि–प्रोडक्शनको काम धमाधम चलिरहेको छ । नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीले यसअघि चलचित्र ‘डिसेम्बर फल्स’मा एकसाथ काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment