Comments Add Comment

पेट्रोलियम डिलर्स एशोसिएसनको साधारणसभा सुरु हुँदै, अध्यक्षमा प्रधान र श्रेष्ठबीच प्रतिस्पर्धा

२० चैत, काठमाडौं ।  पेट्रोलियम व्यवसायीहरूको राष्ट्रिय संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४२ औं साधारणसभा आजबाट सुरु हुँदै छ । साधारणसभाले एशोसिएसनको नयाँ नेतृत्व पनि चयन गर्ने छ ।

एशोसिएसनको साधारणसभाको उदघाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबार बिहान सोल्टी होटलमा गर्दैछन् ।

उदघाटन समारोह सकिएपछि शुक्रबार दिउँसो दुई बजेबाट बन्दसत्र सुरु हुने छ । शनिबार बिहान सात बजेबाट उम्मेदवारी दर्ता र दिउँसो साढे १२ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुने कार्यतालिका छ ।

अध्यक्ष पदका लागि लिलेन्द्र प्रसाद प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । प्रधान अहिले पनि एशोसिएसनको अध्यक्ष छन् ।

महासचिव पदमा प्रधान प्यानलबाट विश्व अर्याल र श्रेष्ठ प्यानलबाट आत्माराम थापा मुख्य प्रतिस्पर्धी छन् । यसैगरी कोषाध्यक्ष पदमा प्रधानको प्यानलबाट चतुर्भुज सरिया र श्रेष्ठ प्यानलबाट अच्युत बहादुर खड्काले उम्मेदवारी दिने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment