
२० चैत, काठमाडौं । वायु प्रदूषणका कारण जनस्वास्थ्य संकटमा परेको बेला सरकारमा मौन बसेको भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
‘वातावरण मन्त्रालय हराएको सूचना’सहित सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । जलवायु संकट वा जनस्वास्थ्य संकट घोषणा गर्नुपर्ने उनीहरुको माग छ ।
चैत १३ गतेदेखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा एक्कासी वायु प्रदूषण बढेको थियो । वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा असर परेको थियो ।
चितवन, बारा, पर्सा, मकवानपुर क्षेत्रका वन जंगलमा लागेको डढेलोका कारण उपत्यकाको वायु थप प्रदूषित हुन पुगेको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगले पनि वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपाय खोज्न सरकारको ध्यानाकर्षण समेत गराएको थियो ।
चैत १८ गते बुधबार साँझ काठमाडौं लगायत प्रदेश १, गण्डकी प्रदेशका पहाडी भूभागमा पानी परेका कारण वायु प्रदूषण केही कम भएको छ ।
तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4