+
+

प्रधानमन्त्रीको घोषणा : २०८१ मा याङ्ग्री र लार्केको पानी काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २० गते २०:३४

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन् ।

शुक्रबार मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रमा प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्के खोलाको पानी ल्याउनुपर्ने बताए । याङ्ग्री र लार्केको पानी पनि मेलम्चीकै पानी ल्याएको टनेलबाट ल्याउने भन्दै उनले, ‘हाम्रो तदारुकताका हिसाबले पनि अनावश्यक लामो सयय लिन सक्दैन ।’

उनले अघि भने, ‘मलाई लाग्छ हामी शायद ०८१ सालको नयाँ वर्ष शुरु गर्दा अर्थात अबको ३ वर्षमा याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा झार्न सक्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले तीन वर्षमै याङ्गी र लार्केको पानी ल्याउने तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालय र सम्बन्धित विभागलाई निर्देशन दिएका छन् ।

उनले मेलम्ची भन्दा मानिसहरुले नपत्याउने भन्दै आयोजनाको नाम फेर्न समेत सुझाए ।

मेलम्ची खोलाबाट झण्डै १२ किलोमिटर टाढा रहेको याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउन ११ किलोमिटर लामो सुरुङ खन्नुपर्नेछ ।

प्रधानमन्त्रीले तीन वर्षमै सक्ने भनेपनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यो आयोजना बनाउन ४ वर्ष लाग्ने देखिन्छ ।
यसका लागि झण्डै ३० करोड अमेरिकी डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्नेछ । हाल मेलम्चीबाट १७ करोड लिटरले काठमाडौं आएको छ । याङ्ग्री र लार्के खोला मिसाएपछि यो ५१ करोड लिडर हुनेछ ।

आयोजनाका लागि सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा जग्गा अधिग्रहणको काम चलिरहेको छ । आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवक्र्स, क्याम्पसाइट, माटो थुपार्ने ठाउँ लगायतका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?