Comments Add Comment

अनुमति नलिई मदिरा बिक्री गर्नेलाई जरिबाना

पसल अनुगमन गर्दै अनुगमन टोली ।

२० चैत, काठमाडौं । अनुमति नलिई मदिरा बिक्री गरेको आरोपमा ललितपुरका चार वटा पसललाई जरिवाना तिराइएको छ ।

जिल्ला प्रशासन कार्यलयको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा जिल्लाको कोन्ज्योसोम र बागमती गाउँपालिका तथा गोदावरी नगरपालिका क्षेत्रका मदिरा पसललाई जनही तीन हजार रुपैयाँका दरले जरिबाना तिराइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

अनुगमन क्रममा अनुमति नलिइ बिक्रीका लागि राखिएको १२० लिटर घरेलु मदिरा पनि नष्ट गरिएको उनले बताए ।

नगर तथा गाउँपालिका क्षेत्रका अधिकाशं किराना तथा खाजा पसलहरु दर्ता बिनै सञ्चालनमा रहेको पनि अनुगमन क्रमा भेटिएको थियो । दर्ता बिनै सञ्चालनमा आएका तथा मूल्य सूची नराखी कारोबार गर्ने थप चार वटा पसलहरुलाई जनही एक हजारका दरले जरिबाना गरिएको उनले बताए । दर्ता नभएको पसलहरुलाई तत्काल दर्ता गरेर सञ्चालनमा गर्न निर्देशन दिइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment