२० चैत, काठमाडौँ । बागलुङमा होली खेल्ने क्रममा भएको विवादमा दुईजनाको मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २३ वर्षीय मिलन बुढा,२४ वर्षीय रेशम भनिने भेषराज बुढा, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झन बहादुर बुढा, तिर्थलाल बुढा, ३१ वर्षीय सुर्य बुढा र ४६ वर्षीय ढालबहादुर बुढा रहेका छन् ।
प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बागलुङबाट हिरासतमा राख्ने म्याद थप अनुमति लिइ हिरासतमा राखी अनुसन्धान भइरहेको जनाएको छ। साथै फरार रहेका प्रतिवादीहरुलाई पक्राउको लागि प्रहरी टोली परिचालन गरी खोजतलास तथा आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4