+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बागलुङ घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २० गते २०:१९

२० चैत, काठमाडौँ । बागलुङमा होली खेल्ने क्रममा भएको विवादमा दुईजनाको मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २३ वर्षीय मिलन बुढा,२४ वर्षीय रेशम भनिने भेषराज बुढा, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झन बहादुर बुढा, तिर्थलाल बुढा, ३१ वर्षीय सुर्य बुढा र ४६ वर्षीय ढालबहादुर बुढा रहेका छन् ।

प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बागलुङबाट हिरासतमा राख्ने म्याद थप अनुमति लिइ हिरासतमा राखी अनुसन्धान भइरहेको जनाएको छ। साथै फरार रहेका प्रतिवादीहरुलाई पक्राउको लागि प्रहरी टोली परिचालन गरी खोजतलास तथा आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?