Comments Add Comment

अन्नपूर्ण आरसीटीको नयाँ कार्यसमिति चयन

२१ चैत, काठमाडौं । शहीद स्मारक लिग फुटबलका सर्वाधिक सफल क्लबमध्ये एक अन्नपूर्ण आरसीटीले शनिबार नयाँ कार्यसमिति चयन गरेको छ । आरसीटीको नेतृत्वमा सुरेशकाजी शाक्यले निरन्तरता पाएका छन् । अध्यक्षमा शाक्यको यो तेस्रो कार्यकाल हुनेछ ।

कार्यसमितिको उपाध्यक्षमा राजेश श्रेष्ठ र कुमार राजभण्डारी, सचिवमा राजु शाही, सहसचिवमा रविन महर्जन र कोषाध्यक्षमा सञ्जीव तुलाधर चयन भएका छन् । यस्तै सदस्यमा यज्ञरत्न तुलाधर, नरेश वैद्य, अमूल्य मानन्धर, चंगेजलाल श्रेष्ठ, रघुवरमानसिंह प्रधान र नरेन्द्र श्रेष्ठ रहेका छन् ।

कार्यसमितिको पहिलो बैठकले मनोनित दुई सदस्यमा अशोक मानन्धर र नरेन्द्रबहादुर श्रेष्ठ रहेका छन् । ६ पटकको ए डिभिजन लिग विजेता आरसीटी अहिले बी डिभिजनमा छ । नवगठित कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ । क्लबले आफ्नो प्रमुख लक्ष्य क्लबलाई आर्थिक र भौतिक रूपमा आफूलाई अझ बलियो बनाएर माथिल्लो डिभिजनमा उक्लिने रहेको अध्यक्ष शाक्यले बताए ।

यस्तै क्लबले आफ्नै मैदानका लागि तयारी गरिरहेको र यो अन्तिम चरणमा पुगिसकेको जनाएको छ । क्लबको होस्टेलसहितको एकेडेमी बनाउने योजना पनि रहेको अध्यक्ष शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment