Comments Add Comment

चैतको तेस्रो साता : सेयर लगानीकर्ताको पुँजी १ खर्ब १५ अर्बले बढ्यो

२१ चैत, काठमाडौं । चैत महिनाको तेस्रो साता समग्रमा सेयर लगानीकर्ताहरुका लागि सुखद बनेको छ । दोस्रो साता सेयर कारोबार मापक नेप्से परिसूचक घटेर निराश बनेका लगानीकर्ताहरुका लागि तेस्रो साता भने सुखद नै रह्यो । अझ सेयर बजार पुँजीकरणले त नयाँ रेकर्ड नै राखेको छ ।

कुल पुँजकिरण रकम ३६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो । यो नेपाली सेयर बजारको हालसम्मकै ठूलो पुँजीकरण हो । सातामा चार दिन भएको कारोबारमा तीन दिन बजा बढेर बन्द भयो भने एक दिन भने घट्यो ।

साताको पहिलो दिन सार्वजनिक बिदा भएका कारण कारोबार हुन पाएन् । त्यसपछिका तीन दिन बजार बढ्यो भने एक दिन बजार घट्यो ।

यद्यपि समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक ८२ दशमलव ९३ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ । अघिल्लो साता नेप्से परिसूचक २ हजार ५ सय ४८ दशमलव ९६ अंकमा रोकिएको थियो ।

कारोबार रकममा भने गिरावट

बजार पुँजीकरणले ऐतिहासिक रेकर्ड राख्दा समेत कारोबार रकम भने घटेको छ । चैत महिनाको दोस्रो साताको तुलनामा तेस्रो साता ५ अर्ब ५७ करोड ४४ लाख ६० हजार रुपैयाँले कारोबार रकम घटेको छ । गत साता २९ अर्ब ५८ करोड ८२ लाख ८९ हजार रुपैयाँको कारोबार भएको थियो ।

तर यो साता भने २४ अर्ब १ करोड ३८ लाख २८ हजार रुपैयाँमै कारोबार रकम सिमित भयो । बजार घट्नुको कारण भने कारोबार दिन भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । अघिल्लो साता सातामा पाँचै दिन कारोबार भएको थियो ।

तर यो साताको पहिलो दिन नै होलि परेकाले सातामा चार दिनमात्रै कारोबार हुन पायो । जसको असर सेयर कारोबार रकममा देखिएको हो ।

कारोबार रकम सँगै सातामा किनबेच भएको सेयर कित्ताको संख्या समेत घटेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार यो साता करिब १ करोड ६१ लाख कित्ता सेयर कम किनबेच भएको छ ।

अघिल्लो साता ६ करोड ३१ लाख २१ हजार ६४ कित्ता सेयर किनबेच भएको थियो । यो साता भने ४ करोड ७० लाख २१ हजार ७४ कित्तामात्रै सेयर किनबेच भएको छ ।

 

एक हप्तामै १ खर्ब १५ अर्बले बढ्यो पुँजी

नेप्से परिसूचक उकालो लाग्दा सेयर लगानीकर्ताहरुको पुँजीमा पनि निकै राम्रो वृद्धि भएको छ । लगानीकर्ताको पुँजी एक सातामा एक खर्ब १५ अर्ब रुपैयाँ भन्दा धेरैले वृद्धि भएको छ ।

गत साता सेयर बजारको पुँजीकरण ३५ खर्ब २० अर्ब २२ करोड ७५ लाख रुपैयाँ पुँजीकरण थियो । एक साताको अवधीमा १ खर्ब १५ अर्ब २५ करोड ८३ लाख रुपैयाँले बढेर ३६ खर्ब ३५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment