२२ चैत, काठमाडौं । रियल सोसिडाडले ३४ वर्षपछि स्पानिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।
कोरोनाको कारण ढिला गरी भएको सन् २०१९-२० को फाइनलमा सोसिडाडले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गर्दै उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । त्यही गोल उपाधि जित्न पर्याप्त बन्यो ।
सोसिडाडले पछिल्लो पटक सन् १९८७ मा कोपा डेल रे को उपाधि जित्न जितेको थियो ।
यस्तै विल्वाओले भने २०२०-२१ को कोपा डेल को फाइनल पनि यही अप्रलिमा खेल्दैछ । अप्रिल १७ मा हुने उक्त फाइनलमा विल्वाओले बार्सिलोनासँग खेल्नेछ ।
प्रतिक्रिया 4