+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.3)
VS
८७ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

हरि अधिकारीद्वारा लिखित ‘संकलित गद्यरचना’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते १२:२२

लेखक हरि अधिकारीका गद्यरचनाहरूको संग्रह ‘संकलित गद्यरचना’ शनिबार लोर्कापण गरिएको छ ।

साहित्यकार धुव्र सापकोटाले संग्रह लोकार्पण गर्दै नेपाली गद्य साहित्यका लागि हरि अधिकारीको कृतिले महत्त्वपूर्ण योगदान गरेको बताए । ‘हरिको लेखन कलालाई मैले धरै पहिलेबाट चिनेको छु’ सापकोटाले भने, ‘लालित्यपूर्ण भाषामा लेखिएका उनका लेखहरूबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने ठाउँ देख्छु ।’

समालोचक शरच्चन्द्र वस्तीले अधिकारीको लेखनशैली उच्च कोटीको रहेको भन्दै कृतिमा संग्रहित सबै रचनाहरूको विशिष्ट महत्व रहेको बताए । साहित्यकार धुव्र मधिकर्मीले कुनै पनि विषयमा निर्भीक भएर लेख्नु नै बहुप्रतिभाशाली अधिकारीको लेखकीय विशेषता भएको धारणा राखे । समालोचक राजकुमार बानियाँले भने हरि अधिकारीको लेखलाई ‘दृश्यमान शब्दहरूको मोहक नृत्य’को संज्ञा दिए ।

यता अमेरिकाबाटै लिखित मन्तव्य प्रेषित गर्दै हरि अधिकारीले आफूले रच्ने साहित्यमा नेपाली भाषाको मौलिकता, सौन्दर्य र लालित्यको मर्यादा कायम रहोस् भन्ने कुरामा सधैं सचेत रहँदै आएको बताए ।

विशिष्ट कवि र कथाकारको परिचय बनाएका अधिकारीको यसअघि दुई कवितासंग्रह, दुई कथा, उपन्यास र निबन्धकृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?