+
+
Shares

‘चालबाज इन लण्डन’मा दोहोरो भूमिकामा श्रद्धा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते १३:००

निर्माता भुषण कुमार र अहमेद खानले नायिका श्रद्धा कपुरलाई चलचित्र ‘चालबाज’मा दोहोरो भूमिकाका लागि अनुवन्धित गरेका छन् । यो चलचित्रलाई टी–सिरिज र डल इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्नेछ । श्रद्धाले पहिलो पटक चलचित्रको पर्दामा दोहोरो भूमिका निर्वाह गर्न लागेकी हुन् ।

पंकज पारासरको निर्देशनमा बन्ने यो चलचित्रलाई लिएर श्रद्धा उत्साहित छिन् । पंकजले सन् १९८९ मा नायिका श्रीदेवीलाई मुख्य भूमिकामा राखेर ‘चालबाज’कै निर्देशन गरेका थिए ।

श्रद्धाले भारतीय मिडियासँग कुरा गर्दै भनिन्–‘यो चलचित्रका लागि निर्माणपक्षले मलाई छनोट गरेकोमा म भाग्यमानी ठान्दछु । चलचित्रमा दोहोरो भूमिका मेरा लागि चुनौतीपूर्ण नै छ । तर, पंकज सर जस्तो निर्देशकसँग काम गर्न पाउँदा म उत्साहित छु ।’

निर्देशक पंकजले पनि श्रद्धाको प्रशंसा गरेका छन् । उनले, पर्दामा श्रद्धाले अभिनयको जादु छर्ने गरेको बताए । श्रद्धालाई दोहोरो भूमिकामा देख्न पाउँदा दर्शकमा उत्साह थपिने पंकजको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?