+

सेभियासँग एट्लेटिकाे पराजित, रियल र बार्सिलाेनालाई फाइदा

२०७७ चैत  २३ गते १०:२० २०७७ चैत २३ गते १०:२०
सेभियासँग एट्लेटिकाे पराजित, रियल र बार्सिलाेनालाई फाइदा
२३ चैत, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानकाे एट्लेटिकाे मड्रिड सेभियासँग १-० ले पराजित भएकाे छ । घरेलु मैदानमा भएकाे खेलमा सेभियालाई जित दिलाउन लुकास अकुनाले निर्णायक गाेल गरे । उनले ७० औं मिनेटमा जेसस नाभासकाे पासमा गाेल गरेका थिए ।
एट्लेटिकाे पराजित भएपछि दाेस्राे स्थानकाे रियल मड्रिड र तेस्राे स्थानकाे बार्सिलाेनालाई फाइदा पुगेकाे छ ।
२९ खेलबाट एट्लेटिकाेकाे ६६ अंक छ । समान खेलबाट ६३ अंकसहित रियल दाेस्राे स्थानमा छ । एक खेल कम खेलेकाे बार्सिलाेनाकाे ६२ अंक छ ।
बार्सिलाेनाले आज राति हुने रियल भाल्लोडोलिडविरुद्धको खेल जितेमा एट्लेटिकाेसँग अंक दूरी एकमा झार्ने छ ।
स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय