Comments Add Comment

हुवावेको स्मार्टफोन व्यवसायमा अमेरिकी प्रतिबन्धको असर

८ महिनाअघि हुवावेले विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बन्ने आफ्नो लामो समयदेखिको लक्ष्य प्राप्त गर्‍यो । तर विडम्बना अहिले हुवावेको अवस्था एकाएक खस्किएको छ र शीर्ष ३ भित्र पनि परेको छैन ।

अमेरिकी प्रतिबन्धले कम्पनीको वृद्धिदरमा नकारात्मक असर परेको तथा स्मार्टफोनका लागि चाहिने महत्वपूर्ण पाटपुर्जा पाउनसमेत कठिन हुँदा आफ्नो स्मार्टफोन व्यवसायमा गम्भीर असर परेको हुवावेले स्वीकार गरेको छ ।

एक पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका अध्यक्ष केन हुले भनेका छन्, ‘अमेरिकाको अनुचित प्रतिबन्धका कारण हाम्रो मोबाइल फोन व्यवसायको आम्दानीमा गिरावट आएको छ ।’

यद्यपि हुवावेले आफ्नो मोबाइल फोन व्यवसायबाट गुमाएको आम्दानी कति हो ? भन्नेचाहिँ खुलाएको छैन । गार्टनर र काउन्टरप्वाइन्टको पछिल्लो रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा मात्र होइन चिनियाँ बजारमा समेत हुवावे नम्बर वा स्मार्टफोनको रुपमा रहेको छैन ।

यद्यपि हुवावेका ल्यापटप, ट्याबलेट तथा वेयरेबल डिभाइसहरुको बिक्रस् भने सन् २०१९ मा भन्दा २०२० मा ६५ प्रतिशतले बढेको रिपोर्ट कम्पनीले सार्वजनिक गरेको छ । रिपोर्टअनुसार सन् २०२० मा हुवावेको कूल आम्दानी १ खर्ब ३६ अर्ब डलर पुगेको छ ।

स्मार्टफोन व्यवसायमा भएको क्षतिका बाबजुत गत वर्ष कम्पनीले ९ अर्ब ९० करोड डलर खूद मुनाफा गरेको छ । यद्यपि मुनाफा तथा आम्दानीको वृद्धिदरचाहिँ गत वर्षहरुको भन्दा कमजोर हो ।

कम्पनीका अध्यक्ष हुले सन् २०२० मा हुवावेको वृद्धिदरमा मन्दी आएको स्वीकार गर्दै गएको वर्ष कम्पनीका लागि कठिन वर्ष रहेको बताए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment