Comments Add Comment

रुविनाको अर्धशतकमा प्रदेश १ विजयी

२३ चैत, काठमाडौं । कप्तान रुविना क्षेत्रीको अर्धशतक मद्दतमा प्रदेश १ ले ललितपुर मेयर महिला च्याम्पियनसिप टी–२० क्रिकेटमा पहिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सोमबार भएको एक मात्र खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको हो । कप्तान रुविना र काजल श्रेष्ठले शतकीय साझेदारी गरेपछि लुम्बिनी प्रदेशले दिएको १०५ रनको लक्ष्य प्रदेश १ ले १३.२ ओभर खेल्दै बिना विकेटको क्षतिमा पूरा गरेको हो ।

प्रदेश १ को जितमा कप्तान रुविना क्षेत्रीले अर्धशतक प्रहार गरिन् । उनले ४९ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गर्दै अविजित ६८ रन बनाइन् । यस्तै काजल श्रेष्ठले ३२ बल खेल्दै ३ चौका मद्दतमा अविजित २५ रन बनाइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १०४ रन बनाएको थियो । लुम्बिनीका लागि सरस्वती जिएमल अविजित ५० रन बनाइन् । उनले ६६ बल खेल्दै ५ चौका प्रहार गरिन् ।

कप्तान नेरी थापाले अविजित २० रन जोडिन् । यस्तै नितु भण्डारी १८ रनमा आउट भइन् । वर्षा रानाले खाता खोल्न सकिनन् । प्रदेश १ की शबनम राईले एक विकेट लिइन् ।

पहिलो खेलमा एपीएफसँग पराजित भएको प्रदेश १ ले पहिलो जितपछि २ खेलमा २ अंक जोडेको छ । लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । लुम्बिनी पहिलो खेलमा ललितपुर मेयर्स–११ सँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment