Comments Add Comment

पत्रकार महासंघको चुनाव : उम्मेदवारहरुको अन्तिम रस्साकस्सी

२४ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार मतदान हुने भएपछि उम्मेदवारहरु अन्तिम रस्साकस्सीमा लागेका छन् । उम्मेदवारहरुले भेटघाट गरेर, फोन गरेर र सामाजिक सन्जालमार्फत् भोट माग्दै आएका छन् ।

महासंघको नयाँ नेतृत्वका लागि निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् । अध्यक्ष पदकै लागि गजेन्द्र बुढाथोकी पनि चुनावी प्रतिष्पर्धामा छन् । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् ।

प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा पोखरेल, प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रुपमा निर्मला शर्मा र स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि बुढाथोकीले प्रतिष्पर्धा गर्दैछन् ।

यसै गरी वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा छन् भने समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह प्रतिष्पर्धा गर्दैछन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दैछन् भने महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दैछन् ।

प्रदेश तथा जिल्ला समितिहरुको नयाँ नेतृत्वका लागि पनि बुधबार नै मतदान हुँदैछ । प्रदेश तथा जिल्लाका केही पदहरुमा भने पत्रकारहरु सर्वसम्मत चयन भएका छन् ।

यो पनि पढ्नुहोस पत्रकार महासंघ उदयपुरमा तालाबन्दी, उम्मेदवारी दर्ता रद्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment